• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नविना लामालाई नियन्त्रणमा लिएको क्षेत्रमा मतपेटिका फुटाए !

काभ्रे । काभ्रेको चौरिदेउराली– ६ मा मतदान नै स्थगित भएको छ । काभ्रे चौरीदेउराली–६ कात्तिके देउरालीमा एमालेका एक जनाले २५ वटा मत हालेको भन्दै विवाद भएको थियो । निर्वाचन अधिकृतको सेटिङमा एमालेका एक जनाले २५ वटासम्म मत खसालेको भन्दै विवाद सुरु भएको थियो । विवादले उग्ररुप लिएपछि आक्रोशित विपक्षीले मतपेटिका नै तोडफोड गरेका थिए । मतपेटिका तोडफोड भएपछि निर्वाचन स्थगित गरिएको छ । यता सोही क्षेत्रकी एमाले नेता तथा सांसद नविना लामाले बिहीबार राति मतदातालाई पैसा बाँडेको भन्दै स्थानीयले घेराबन्दीमा पारेका थिए । उनलाई स्थानीयले घेरा हालेर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर