सल्यानको कुमाख–१ मा एमाले–कांग्रेस गठबन्धन हराउँदै माओवादीकाे प्यानल विजयी

सल्यान । जिल्लाको कुमाख गाउँपालिका १ मा माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका डिल्ली राना विजयी भएका छन् । उनले ६ सय ८ मत ल्याएका छन् ।

कुमाख गाउँपालिकाका निर्वाचन अधिकृत रामहरी रिजालका अनुसार रानाका प्रतिद्वन्द्वी रहेका कांग्रेसका प्रेमबहादुर बुढाथोकीले ४ सय ८० मत ल्याएका थिए । १ सय २८ मतको फरक पार्दै राना विजयी भएका हुन् । यस्तै महिला, दलित महिला र दुई खुला सदस्यमा पनि माओवादी केन्द्रका विजयी भएका छन् । कुमाख गाउँपालिकामा कांग्रेस र एमालेले गठबन्धन गरेका थिए ।

कांग्रेसका अध्यक्ष पदका उम्मेदवार मानबहादुर बुढाथोकीले ५ सय ५८ मत र माओवादी केन्द्रका अध्यक्ष पदका उमेदवार डिल्लीराज जैसीले ५ सय १७ मत ल्याएका रिजालले जानकारी गराए । त्यस्तै उपाध्यक्ष पदमा माओवादी केन्द्रकी धनसरा मल्लले ५ सय ५८ र एमालेका उम्मेदवार लालबहादुर रानाले ४८० मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर