• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मुस्ताङको घरपझोङमा गठबन्धनका कांग्रेस उम्मेदवार विजयी

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले जित हासिल गरेका हुन् । मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लालचनले ७६० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त  गरे । 

उपाध्यक्षमा नेपाली कांग्रेसका जमुना थकालीले ६९३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त  गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा दुई हजार ८४ जना मतदाता रहेको घरपझोङ गाउँपालिकामा ७६.६८ प्रतिशतअर्थात् एक हजार ५९८ मत खसेको थियो । 

घरपझोङ गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका फणीन्द्र थकालीसहितका उम्मेवार विजयी  भएका छन्  । घरपझोङ–४ को वडाध्यक्षमा कांग्रेसका यमप्रसाद थकालीसहितको प्यानल विजय भएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर