• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

माओवादीले खोल्यो खाता : कांग्रेस, एमाले र समाजवादी गठबन्धनलाई हराएर अध्यक्ष र उपाध्यक्ष नै जित्यो

डोल्पा । माओवादी केन्द्रले डोल्पाको एक पालिकामा विजयी भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विरुद्ध कांग्रेस, एमाले र जसपाले चुनावी गठबन्धन गरेक थिए । गठबन्धन विरुद्ध एक्लै चुनावी मैदानमा उत्रिएको माओवादी केन्द्रले गाउँपालिकाको अध्यक्ष नारसिंह रोकाय,  उपाध्यक्ष अमृता लामा र ३ वटा वडाध्यक्ष सहित विजयी भएको हो । अध्यक्षामा माओवादी केन्द्रका रोकायले ६ सय २२ मत ल्याएर विजयी भएका हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ५ सय ८५ मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी लामाले ७ सय ५९ मत ल्याइन् भने एमालेका उम्मेदवारले ७ सय ४९ मत ल्याएका हुन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर