दोस्रो कार्यकालका लागि लिम्चुङबुङकाे अध्यक्षमा माओवादीका मेजर राई निर्वाचित
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा माओवादीका अध्यक्ष मेजर राईसहित गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन । सबैभन्दा दुर्गम मानिने लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा राई दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।
राईले नेकपा एमालेका उम्मेदवार राजकुमार राईलाई ४०० भन्दा धेरै मतान्तरले पराजित गरेका हुन् । निर्वाचन कार्यालयले अन्तिम मतपरिणाम भने औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन ।
गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली काँग्रेसका उम्मेदवार पुष्पलाल राई निर्वाचित भएका छन् । उनले एमाले उम्मेदवार देवकुमारी कार्कीलाई पराजित गरेका हुन् ।
गाउँपालिकाको वडा नं. १ मा माओवादीका जनदिप थापा मगर, २ मा माओवादीकै जितेन राई, ३ मा स्वतन्त्र उम्मेदवार गुरुमणी कुमाई, ४ मा जनता समाजवादी पार्टीका छत्रबहादुर राई र ५ मा काङ्ग्रेसका कबिचन्द्र राई वडाध्यक्षमा निर्वाचित भएका छन् । गाउँपालिकामा काँग्रेस र माओवादीसहितको गठबन्धन थियो ।
प्रतिकृया दिनुहोस