• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

 यामाहाको नयाँ मोटरसाइकल आर १५ एम औपचारिक रुपमा सार्वजनिक

काठमाडौं ।  नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल आर १५ एम औपचारिक रुपमा सार्वजनिक भएको छ। जापानिज् कम्पनी यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लूले सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी मोटरसाइकल सार्वजनिक गरेको हो। 

केही दिन पहिले भृकुटीमण्डपमा सम्पन्‍न महा एक्सचेन्ज मेलामा प्रदर्शन गरेको भए पनि औपचारिक रुपमा भने सोमबार मात्रै सार्वजनिक भएको हो। 

यामाहाको एम सिरिजको मोटरसाइकल आर १५ एममा पहिलेकै आर १५ मा भएको १५५ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन प्रयोग गरिएको छ। जसले १८.५ बीएचपी पावर र १४.१ एनएम टर्क जेनेरेट गर्छ। 

यसमा ६ स्पिड गियरबक्स छ भने स्लिपर एन्ड असिस्ट क्लच स्ट्यान्डर्डको रुपमा छ। यसमा ६–स्पिड गियरबक्स दिइएको छ। त्यसैगरी यो मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोलका साथै क्विक सिफ्टर र स्लिपर क्लचसमेत दिएको छ। यसमा डेल्टाबक्स फ्रेम र आल्मुनियम स्विङ आर्मको प्रयोग गरिएको छ।

क्विकसिफ्टर यसमा भएको विशेष फिचर हो। यसका कारण निश्चित गति भन्दा बढी चलाउदा गियरसिफ्ट आफैं हुन्छ र घटाउँदा मात्र गियरको प्रयोग गर्नुपर्छ। त्यसैगरी यसमा अपसाइड डाउन टेलिस्कोपिक सस्पेन्सन छ, जसले गर्दा ट्राफिक जाम भएको समयमा चलाउन सहज हुन्छ।

यो बाइकमा प्रोजेक्टर एलईडी ल्याम्प छ भने एरोडाइनामिक आकृतिको छ।  डिजिटल कन्सोल भएको सो बाइकमा स्पोर्ट र स्ट्रिट गरी दुई राइडिङ मोड उपलब्ध छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर