• २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022

स्कुटीको सिटमै लोकप्रिय खानेकुरा डोसा !

एजेन्सी । गर्मी मौसममा घाममा पार्किङमा राखेको स्कुटी वा मोटरसाइकल चढ्दा तपाइँलाई कस्तो अनुभूति हुन्छ ? निश्चय नै असहज हुन्छ । बस्नुअघि उपलब्ध भए कागज वा कपडा राख्नुहुन्छ । अझै बस्नै नसक्ने तातो भए त पानी छर्कनु हुन्छ होला । तर, तपाईले यस्तो तातोलाई कुनै नयाँ उपयोगमा प्रयोग गर्नु भएको छ त ? 

अहिले गर्मी मौसम छ । तापमान बढेसँगै भारतमा नयाँ नयाँ जुक्ति लगाउन थालिएको छ । स्कुटीको सिट तातेपछि भारतीय उद्यमी हर्ष गोयन्काले डोसा (दक्षिण भारतको लोकप्रिय खानेकुरा) पकाउन प्रयोग गरेका छन् । डोसा तयार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । करिब ३० हजार पटक हेरिएको भिडियोमा एक व्यक्तिले तमिलमा ’माभु’ भनेर चिनिने डोसा दिउँसोको समयमा स्कूटरमा गोलाकार आकारमा फैलाएको देख्न सकिन्छ । 

भिडियोको क्याप्सनमा भनिएको छ, ‘गर्मीमा बाहिर ४० डिग्री तापक्रममा पेसेवरहरूले गरेको भेस्पा डोसा ।’  भिडियोमा अलिअलि खैरोे आधा पाकेको जस्तो डोसा देखाइएको छ ।

आरपीजी इन्टरप्राइजेजका अध्यक्ष हर्ष गोयन्काले क्याप्सनको साथ सेयर गरेको भिडियोमा भनिएको छ, ‘हाम्रो नवीन भावना हेर्नुहोस । यहाँ कोही व्यक्ति  बाहिरको गर्मीको उपयोग गरी डोसा बनाउँदै छ ।’ 

भिडियो पोस्टमा धेरैले टिप्पणी गरेका छन् । एक प्रयोगकर्ताले ‘नवीकरणीय ऊर्जाको प्रयोग’ भनेका छन् भने अर्कोले “वाह ! इन्धन र कार्बन फुटप्रिन्टमा बचत । सरकारलाई मुद्रास्फीति नियन्त्रण गर्न र मूल्य घटाउन मद्दत गर्नुहोस् ।’

भारतका अधिकांश भागमा तापक्रम बढेको छ । दिल्लीको तापक्रम ४५ डिग्री सेल्सियस नाघेको छ । पूर्वी भारतमा १५ जुनसम्म मनसुन सुरु भइसक्ने त्यहाँको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर