• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

स्वदेशी उद्योगलाई ध्वस्त पार्ने सरकारको कुनै योजना छैन – अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी बस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग समिति बैठकमा अर्थमन्त्री शर्माले बिभिन्न बस्तुहरुलाई आयात गर्दा व्यापार घाटा बढ्ने र मूल्यबृद्धि समेत भएकाले स्वदेशी बस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका हुन् । 

धानमा आत्मनिर्भर हुनका लागि पनि सरकारले अध्ययन गरिरहेको उनको भनाई छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक बर्षको बजेटमा अनावश्यक रुपमा करको दायरा हेरफेर नगरिएको समेत बताए । त्यस्तै उहाले स्वदेशी सेनेटरी प्याडको उत्पादनले समेत माग धान्न नसकेका कारण बाहिरबाट आउने सेनेटरी प्याडमा कर छुट दिइएको जिकिर गरे । उनले स्वदेशी उद्योगलाई ध्वस्त पार्ने सरकारको कुनै योजना नरहेको भन्दै उद्योगी मैत्री बजेट आएको बताए । 

बैठकमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजिकरण गर्ने बताए । उनले बन्द भएका उद्योगहरुलाई सञ्चालनका लागि नीजि क्षेत्रको सहयोग लिइने धारणा राखे । त्यस्तै मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्यबृद्धि बाध्यात्मक अवस्था भएको जिकिर गरे । पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैया घटाइएको र त्यो भन्दा बढि घटाउन नसक्ने उनले स्पष्ट पारे । 

उनले पेट्रोलियम पदार्थ खरिद भन्दा बिक्रि मूल्य कम हुदा अझै पनि घाटा नै रहेको बताए । जनतालाई थप मारमा नपार्नका लागि ग्यासमा मूल्यबृद्धि गर्न नदिएको उनले बताए ।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर