• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

परिवारवादको ट्याग हैन, म फिल्डमै उत्रन्छु –सृष्टि दाहाल केसी

म भरतपुर, चितवन निवासी सृष्टि दाहाल केसी । मेरो पार्टी सदस्यता नम्बर पी– ३३५३८९१२४०४ । म २०६७र०७र०२ मा पार्टी सदस्य भएको हुँ र विगत १२ वर्षदेखि चितवन–काठमाडौं सम्पर्क समन्वय समितिमा कार्यरत थिएँ । धेरैथोरै ‘नेपोटिजम’ भन्ने सायद हरेक फिल्डमा हुन्छ जस्तो लाग्छ ।

व्यापारीको परिवारबाट उनका सन्तान त्यही देख्दै९सुन्दै आएका हुन्छन्, त्यही फिल्डप्रति बढी चासो र इच्छा राख्दछन् । त्यस्तै डाक्टरले डाक्टर बनाउने, नायक९नायिकाले त्यही अगाडि बढाउने, अन्य कुनै पनि फिल्डकालाई त्यही लाइनमा रुचि हुने हुन्छ । यदि परिवारको कोही सफल व्यक्ति हुनुहुन्छ भने त्यसले त्यही फिल्डमा आउनेलाई सहज हुन्छ । तर, सफल र असफल केवल आफ्नो खुबी र मेहनतले मात्र बनाउँछ । यदि त्यस व्यक्तिमा आफूले राखेको इच्छा र कामप्रति लगनशीलता छैन र जबरजस्ती कुनै पदमा राखिन्छ भने त्यो व्यक्ति स्वतः असफल भई नै हाल्छ । त्यसैले म के हुन्छु रु त्यो म आफैंलाई पनि समयले देखाउला । केही साथीहरूले मेरोबारे प्रश्न उठाउनुभएको छ, उठाउन पाइन्छ । बोल्न, लेख्न पाइन्छ । माओवादी पार्टीले यत्रो युद्ध लड्नु पर्नाको एउटा प्रमुख कारण पनि यही नै थियो । र, प्रश्न उठेपछि उत्तर दिनु मेरो कर्तव्य हो ।

मैले पार्टी सदस्य लिएको १२ वर्ष भैसकेको छ । मैले मेरो पार्टी सदस्यता नम्बर माथि उल्लेख गरिसकेको छु, ‘भेरिफाई’ गर्न सक्नुहुन्छ । मलाई एक्कासि अहिले पार्टीमा ल्याएर पद दिएको भन्ने भ्रममा नपर्नुहोस् । हरेक व्यक्तिका आ–आफ्ना रुचि हुने गर्दछन् । मलाई समाज सेवा र राजनीतिमा चासो छ । म विद्यार्थीको केन्द्रीय सदस्य बन्न असक्षम र अयोग्य उम्मेदवार हो जस्तो मलाई लाग्दैन् । किनकि मैले हामी सानै छँदादेखि हामीलाई सँगसँगै लिएर मम्मीले हरेक कार्यक्रममा लग्नुहुन्थ्यो । सानो छँदैदेखि हरेक आन्दोलनमा पुगेकै छु । अरू पार्टीबाट आएर विद्यार्थीमा आएको पनि होइन । हाम्रो समस्या के हो भने पदका लागि घुमीफिरी आउनेलाई हामी सधैं स्थान र सम्मान दिन्छौं, ठाउँ दिन्छौं । तर, पार्टीप्रति मनैदेखि माया र सम्मान हुनेलाई हामीले न साथ न त हौसला दिन्छौं ।

ममात्र त केन्द्रीय सदस्य भएको त होइन । धेरै साथीहरू हुनुहुन्छ । तर, केही साथीहरुले मलाई मात्र देखिरहनुभएको छ । हामीभन्दा अग्रजहरूले साथ दिनुस्, हामीलाई प्रशिक्षित गर्नुस् । जनयुद्धमाथि औंला उठाउनेहरूलाई बुझाउन सक्नुप¥यो किन र केका लागि थियो भनेर रु त्यो सम्भव भनेको युवा विद्यार्थीबाट मात्र छ । आफ्नो पार्टीको अस्तित्व बचाउनतिर लाग्नुपर्छ । हामी त्यसका लागि पार्टीप्रति सदैव इमानदार रहने व्यक्तिलाई मौका दिनुस्, आलोचना गरेर आफ्नै परिवारभित्र नखेल्नुहोस् ।

र, मेरो विषयमा हाम्रो पार्टी अध्यक्षको नाम जोडेर बीचमा नल्याउनुहोस् । उहाँलाई मलाई राजनीतिमा इच्छा छ भन्ने थाहा छ । तर, त्योबाहेक उहाँले केही गर्नु भएको हैन र अध्यक्षलाई यस विषयमा केही थाहा पनि थिएन । सायद अहिले चलिरहेको संगठनको समस्याले पनि केही साथीहरूको आक्रोश होला मप्रति । तर, पार्टी संगठन एक हुनुपर्छ भन्ने पक्षमा हो म । जसरी पनि समस्याको हल हुनुपर्छ । परिवारवादको ट्याग नदिनुस्, म फिल्डमै काम गर्न खोजेको हो । मलाई मन्त्री, राजदूत नै बनाएको जस्तो नगर्दिनुस् ।

तपाईंहरु परिवारवादको कुरा गर्नुहुन्छ मेरै ड्याडीले यो पार्टीमा काम गर्नुभयो, सबै त्याग्नुभयो । तर, सधैं पार्टीभित्र अन्यायमा पर्नुभयो । उहाँभन्दा जुनियरहरु कहाँ पुगिसक्नुभयो । तर, उहाँलाई सधैं पछाडि पारियो । त्यस विषयमा तपाईंहरूको ध्यान कहिले पनि गएन । पार्टी अध्यक्षलाई अफ्ठ्यारो पर्ला भनेर उहाँ कहिले बोल्नुभएन । पार्टी कमिटीले जे जे गर्यो, सबै स्वीकार्नुभयो । र, आज पार्टीको कुनै पनि विभागमा समेत राखिएको छैन । आफूभन्दा धेरै जुनियर साथीहरुलाई सेन्ट्रल कमिटीमा ल्याइयो । तर, यस विषयमा कोही बोल्नुभएन, साथ दिनुभएन ।

अझ धेरै ठाउँमा सभामुखको सचिवालय भनेर जोडेको देख्छु । त्यो पनि आफ्नै बाध्यता र समस्याले हुनुभएको हो । त्यसमा राख्न पनि क. प्रचण्डले प्रस्ताव गर्नुभएको होइन । क। कृष्णबहादुर महरा बाबाले आफैंले ड्याडीलाई बोलाएर राख्नुभएको हो । आफूभन्दा जुनियर माथि–माथि पुगेको बेला आफू पार्टीमा कुनै हैसियतमा हुनुहुन्न । तर, बाबालाई हामीले हाम्रो विषयमा तनाव दिने काम गरेका छैनौं अहिलेसम्म । त्यसैले जे भन्नु छ, हामीलाई भन्नुस् । अध्यक्षलाई बीचमा नल्याउनुहोस् । उहाँलाई केही थाहा थिएन र केही पनि गर्नुभएको पनि हैन ।

प्रचण्डको परिवार हो भन्दैमा म राजनीतिमा आउनै नपाउने त हुँदैन होला नि ? हर व्यक्तिको आफ्नो इच्छा, क्षमता, योगदान र चाहना हुन्छ । ममाथि औंला त्यतिबेला उठाउनु होला, जब म गलत बाटोमा हिँड्छु । आफ्नो कामप्रति बफादार हुन्न । मलाई पार्टीभित्र र बाहिरबाट साथ, सहयोग र हौसला दिनुहुने धेरै साथीहरूलाई हृदयदेखि नमन साथै आलोचना गर्नुहुने साथीहरुलाई पनि धन्यवादसहित वास्तविकता बुझिदिनुहुन विनम्र अनुरोध ।

(सृष्टि दाहाल केसीले सामाजिक सन्जालमार्फत दिएको अभिब्यक्ति)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर