• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सिंहदरबार खेलकुदप्रति सकारात्मक छैनः मन्त्री अथक

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएका छन् ।  पुराना खेलाडीहरुलाई सम्मान गर्दै नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल ओलम्पियन संघले आयोजना गरेको ओलम्पियनहरुबीचको पुनर्मिलन कार्यक्रममा मन्त्री अथकले ईतिहास बोलेका खेलाडीहरुलाई राज्यले उचित सम्मान दिन नसकेको भन्दै दुख समेत ब्यक्त गरेका छन्  । राज्यले खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गर्दै उनले सिंहदरबार खेलकुदप्रति सकारात्मक नभएको बताए ।

खेलकुदसँग सम्बन्धित फाईल रोक्नुलाई सिंहदरबारभित्र ठुलो उपलब्धीका रुपमा लिने गरीएको जिकिर गर्दै मन्त्री अथकले काम गर्न खोज्दा आफु र आफ्नो मन्त्रालयले ११ वटा भन्दा बढि मुद्धा खेप्नुपरेको बताए  । 

यद्यपी विभिन्न समस्याकाबिच नेपाली खेलकुद क्षेत्रको विकासमा पछिल्लो समय धेरै सरकारात्मक प्रयासहरु भएको मन्त्री अथकले दावी गर्दै  विश्वको उदाउँदो अर्थतन्त्रका रुपमा रहेको खेलकुदलाई उद्योग तथा आर्थिक क्षेत्रका रुपमा विकास गर्ने मन्त्रालयको सोच रहेको मन्त्री अथकको भनाई थियो ।

अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनितिका रुपमा समेत विश्वमा खेलकुदलाई लिने गरीएको उल्लेख गर्दै मन्त्री अथकले नेपालले समेत खेल कुटनिति मार्फत अन्तराष्ट्रिय सहयोग जुटाउने प्रयास गरीरहेको बताए । पालिका र प्रदेश सरकारले खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताउँदै हामीले ग्रास रुट लेभलबाटै खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए ।

मन्त्री अथकले ओलम्पीक तथा विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका ऐतिहासिक खेलाडीहरुको सम्मानमा खेलकुद संग्राहलय बनाउनुपर्नेमा समेत जोड दिएका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर