• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कपन र सानेपामा पनि हैजा संक्रमण, उपत्यका नै त्रासमा

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रास बढेको छ। बुधबार साँझसम्म पाँच व्यक्तिमा हैजा देखिए सँगै उपत्यकामा हैजाको त्रास बढेको हो । 
तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकाको कपन  र सानेपाका बासिन्दामा   समेत  हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए।

तीन दिनअघि दुई जनामा देखिएको यस रोगलाई लिएर आम व्यक्तिमा अपवाद हो, अन्यत्र देखिन्न भन्ने मनोभाव काठमाडौंको कपन र सानेपामा समेत देखिएपछि सम्पूर्ण उपत्यका नै प्रभावित हुन सक्ने त्रास बढेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर