• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

१० करोड लेनदेन प्रकरणः ७ दिन भित्र छानविन गरी दोशीलाई कारवाही गर्न कानुन व्यवसायिको माग 

काठमाडौं ।  घुस लेनदेनबारे जिल्ला न्यायाधीश  र कानुन व्यवसायि बीच भएको कुराकानीमाथि छानबिनका लागि ७ दिन भित्र छानविन गर्न कानुन व्यवसायिहरुले माग गरेका छन् । 

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको धुस लेनदेनको अडीयो सार्वजानीक भए सँगै बुधबार बसेको न्यायपरिषद्को बैठकले तीन सदस्यीय समिति गठन छानबिनकालागि ४५ दिनको समयले विषयबस्तुको गम्भीरतालाई ओझेलमा पार्न सक्ने भनि ७ दिन भित्र छानबिन गर्न माग गरेका हुन् ।

कानुन व्यवसायिहरुले न्याय परिसदमा दिएको ज्ञापन पत्रमा ‘यति संवेदनशील विषयमा छिटो छरितो र बस्तुगत रुपमा छानबिन होस् भने नै सबंसाचारण नेपाली नागरिक र हामि जस्ता कानून व्यवशायिको धारणा रहेको छ । तसर्थ यो विषयमा ७ दिन भित्र छानबिन गरी दोषी माथि कानून बमोजिम कार्यबाही हुनु पर्दछ भन्ने हामो बिश्वाश रहेको छ,’ भनिएको छ । 

७ दिन भित्र छानबिन गर्न नसकिने अवस्था र कारण केही नरहेको भन्दै ज्ञापनपत्रमा ‘बरु बिलम्बले न्याय पराजित हुन् सक्दछ, यो हामि सबैले बोध गरेको कानूनको सर्बमान्य सिद्धान्त नै हो । यस्ता गम्भीर बिषयमा पनि तदारुकताका साथ् काम गर्न नसक्ने हो भने न्यायपालिका प्रतिको आस्था र विश्वाष झन कमजोर बन्दछ, भनिएको छ । 
तसर्थ ७ दिन भित्र छानबिन, जाँचबुझ सम्पन्न गर्न न्यायपरिषद्ले निर्णय गरी सोहि बमोजिम जांचबुझ समितिले आफ्नो कार्य सम्पन्न गरोश भन्ने अनुरोध गर्दै कानुन व्यवसायिले न्ययपरिषद्मा ज्ञापनपत्र हस्तान्तरण गरेका छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर