• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

चाईनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एच डि मा प्रशारण हुँदै

काठमाडाै‍ । चाइनिज सुपर लिग फुटबलको खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एच डिले गर्ने भएको छ ।  पहिले चाईनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाईनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाईनिज सुपर लिग CSL को नामबाट सुरु भएको थियो ।

चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडिहरुका लागि पनि आकर्षण को केन्द्रको  रुपमा लिइन्छ ।

यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडिहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर