पीभीआर मार्फत भारतमा रिलिज हुँदै फिल्म ‘कबड्डी –४’ 

काठमाडौं । फिल्म ‘कबड्डी –४’ घरेलु बक्स अफिसमा राम्रो रेकडृ बनाउन सफल भएको छ । नेपालमा राम्रो कमाइ गरेको यो फिल्मले विदेशमा पनि राम्रो कलेक्सन गरिरहेको छ। 

अब यो फिल्म भारतको सबैभन्दा ठूलो सिनेमा चेन पीभीआरले देशव्यापी रिलिज गर्ने भएको छ।रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्म आगामी शुक्रबारबाट भारतीय आउटलेटमा प्रदर्शन हुन लागेको हो।

पीभीआरले आफ्नो अफिसियल वेबसाइटमा मार्फत ‘कबड्डी– ४’ शुक्रबार रिलिज हुन लागेको जनाएको छ। पीभीआरमा प्रदर्शन हुन लागेको यो नै पहिलो नेपाली सिनेमा हो। भारतका ७० पीभीआरका सहरमा १ सय ७० पर्दा छन्।

सिक्किम बाहेकका भारतीय शहरमा फिल्म रिलिज हुने छ। सिक्किममा भने यो फिल्म प्रदर्शनमा रोक लगाइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर