• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सप्तकोशीमा २४ ढोका खोलियो, सतर्कता अपनाउन आग्रह

सप्तरी ।  निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।  अबिरल वर्षाका कारण सप्तकोशीमा पानीको बहाव शढे सँगै बुधबार साँझ सम्म २४ ढोका खोलीएको हो । 

बुधबार साँझ सम्मको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ । पानीको बहाव बढेकाले तटिय क्षेत्रका स्थानीयलाई सुरक्षीत रहन आग्रह गरिएको छ ।

लगातार परेको पानीका कारण सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकासहितका जिल्लाको दक्षिणी क्षेत्रका बस्तीहरू बढी प्रभावित भएको छ । 

सप्तकोसी साथै चुरेसँग जोडिएको खाँडो, महुली, सुन्दरी, जिता, खडक, बलान लगायतका खहरे खोलामा आएको बाढीका कारण केही वस्ती डुबानको जोखिममा परेको स्थानीयहरू छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर