नीताको मेहेन्दी समारोहमा को–को पुगे कलाकार ? 

काठमाडौं  । अभिनेत्री नीता ढुंगानाले मेहेन्दी समारोहका तस्बिरहरु पनि सार्वजनिक गरेकी छिन् । अभिनेता हरिहर अधिकारी यही असार २४ गते बिवाह बन्धनमा बाँधिन लागेकी निताले बुधबार मेहेन्दी समारोह आयोजना गरेकी थिइन् ।


सोही मेहेन्दी समारोहका तस्बिरहरु उनले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । मेहेन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाह र फिल्मी पत्रकार प्रकाश सुबेदीको पनि उपस्थिती रहेको थियो । 


तस्बिरमा हेर्दा नीता सेतो र पहेलो पहिरनमा सजिएकी राम्री देखिएकी छिन् । नीता र हरिहरले दरबारमार्गस्थित होटल याक एण्ड यतिबाट बिवाह गर्न लागेका हुन्। उनीहरूले २६ गते सोही होटलमा रिसेप्सन पार्टी राखेका छन्।

नीताले यसअघि ब्यार्चलर पाटी मनाएको फोटो पनि सार्वजनिक गरेकी थिइन् । बिहे लगत्तै नीता र हरिहर फिल्म ह्रस्व दीर्घुमा व्यस्त हुनेछन्। यसअघि नीताले ब्याचलर पार्टीका तस्बिरहरु पनि सार्वजनिक गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर