• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

१९५० को सन्धि पुनरवलोकन गर्नुपर्छः प्रचण्ड

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरवलोकन गर्नुपर्ने बताएका छन् । शनिबार नयाँ दिल्लीमा फाउन्डेसन फर पब्लिक अर्वानेस एन्ड पोलिसीले आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले यस्ताे  बताएका हुन् ।

उनले कूटनीतिक संवादमार्फत दुई मुलुकबीचमा देखिएका समस्याहरू समाधान गरेर जान पनि सो सन्धिको पुनरवलोकन गर्न ढिलाइ गर्न नहुने बताए । त्यस अवसरमा उनले नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढ्नुपर्ने पनि बताए ।

नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको उल्लेख गर्दै उनले त्यसमा कुनै समस्या आए कूटनीतिक संवादको माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिने बताए ।

उनले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरे । नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको स्पष्ट पारे ।

सत्तारूढ भारतीय जनता पार्टीको नियन्त्रणमा अध्यक्ष प्रचण्ड भारत भ्रमणमा गएका हुन् । भ्रमण क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर