• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बाँदरले चार महिनाको शिशुलाई छतबाट खसालिदिएपछि...

एजेन्सी । भारतमा बाँदरको आक्रमणमा एक शिशुको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको बरेली जिल्लाको डन्का गाउँमा बाँदरको एउटा समूहले बालकलाई समातेर तीन तले भवनबाट फ्याँकेपछि चार महिनाका  शिशुको मृत्यु भएको हो ।

रिपोर्ट अनुसार, शिशुलाई काखमा लिएर बाबु र आमा बार्दलीमा टहलिरहेका थिए । तर, एक्कासी कुख्यात बाँदरको समूह छतमा आएर आमाबुवामाथि आक्रमण गरेको थियो ।

बादरको हुलले आक्रमण गर्न थालेपछि बाबु निर्देश उपाध्याय श्रीमतीसँगै सिँढीमा दौडने प्रयास गर्दा सन्तुलन गुमाए र बच्चा हातबाट खसाले । त्यही बेला बाँदरहरूले बच्चा खोसेर त्यहाँबाट भागेका थिए । 

बच्चा गुमाएपछि बाबुले चिच्याएर रोए तर परिवारका सदस्यहरूले सहयोगका लागि आउनुअघि बादरले बार्दलीबाट तल भुइँमा खसालिदिएको थियो । शिशुको घटनास्थलमै मृत्यु भएको थियो । बाँदरले परिबारका अन्य सदस्यलाई पनि हमला गरेको थियो । 

घटना यतिसम्म हृदयविदारक थियो कि सोही दिन परिवारले सानो बच्चाको नाम राख्ने कार्यक्रम आयोजना गर्दै थियो । तर, संसारमा भर्खरै पाइला टेकेको र आफ्ना प्रियजनहरूले नाम राख्न नपाउँदै शिशुको निधन भएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर