• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

लुम्बिनी प्रदेश अस्पतालको ठेक्का फेरि विवादमा, सीमितले मात्रै पाउने प्रावधान किन राखियो ?

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणका लागि आव्हान गरिएको ठेक्का प्रकृया फेरि विवादमा परेको छ । दोस्रो पटक पनि सीमित ठेकदारले पाउने गरी मापदण्ड बनाएर टेन्डर आह्वान गरेपछि प्रदेश सरकार विवादमा मुछिएको हो ।

प्रादेशिक विकास प्राधिकरणले यसअघि सीमित ठेकदार मात्र फिट हुने गरी मापदण्ड बनाएर टेन्डर आह्वान गरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले रोकेको थियो ।

उक्त भवन निर्माणको टेन्डरमा जेडआईइसी–शर्मा–रसुवा जेभीले मात्र सहभागी जनाउन पाउने गरी मापदण्ड बनाइएको थियो । ठेक्कामै मिलेमतो भएको भन्दै प्रदेश सरकारको चर्को आलोचना भएको थियो ।  

आर्थिक रुपमा ठूलै चलखेल भएको यो ठेक्कामा अहिले फेरि प्रि–क्वालिफिकेशनमार्फत् ठेक्का कम्पनी छनोट गरी बोलपत्र आह्वान गर्ने गरी गत असार १० गते ठेक्का आह्वान गरिएको छ । ५ अर्ब १३ करोड ७० लाख रुपैयाँको लागतमा यो ठेक्का पनि पुरानै ठेकदार कम्पनी छनोट हुने गरी प्रि–क्वालिफिकेशनको मापदण्ड राखिएको छ ।

बोलपत्रमा सहभागी हुने विदेशी कम्पनीले विगत १० वर्षमा २ अर्ब ८१ करोडको डबल बेसमेन्ट बिल्डिङको कार्य आफ्नो देशबाहेक अन्य कुनै देशमा गरेको हुनुपर्ने मापदण्ड राखिएको छ । सार्वजनिक खरिदको मर्म विपरित यो मापदण्ड बनाइएको छ । यो मापदण्डअनुसार तिनै पुराना ठेकदार कम्पनीहरुले मात्र भाग लिन सक्ने अवस्था सृजना भएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर