• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

स्वास्थ्य मन्त्रालयले दियो भेण्टिलेटर , जस लिनेको हानाथाप

महोत्तरी । बर्दिबासमा गत वर्ष १६ वर्षीय एक किशोरले सर्पको डसाइको उपचार नपाएर अकालमै ज्यान गुमाए । उपचार अभावमा शरीरभर विष फैलियो र उनले मृत्युवरण गर्नु पर्यो । 
उपचारमा सग्लन चिकित्सकहरूले भेण्टिलेटर भैदिएको भए ती किशोरको ज्यान जोगाउन सकिने दलिल पेश गरे ।

यसपछि संघीय सांसद तथा महोत्तरीका जनप्रतिनिधि गिरिराजमणि पोखरेलले स्वास्थ्य मन्त्रालयमा भेण्टिलेटर उपलब्ध गराउन पटकपटक झकझकाए । परिणामस्वरूप ०७८ सालमै मन्त्रालयले वर्दिबास नगरपालिकालाई भेण्टिलेटर प्रदान गर्नेगरी सहमति जनायो । 

भेन्टिलेटर त लियो तर राख्ने ठाउँ र सञ्चालन गर्ने दक्ष प्रावधिक नभएकाले अघिल्लो स्थानीय सरकारले ल्याउन सकेन । १५ साउन ०७९ दुई दिनअघि बर्दिबासमा एक वर्षअघिको जस्तै घटना भयो । माइस्थान पब्लिक एकेडेमीका संस्थापक प्रधानध्यापक युवराज श्रेष्ठको सर्पको डसाइबाट ज्यान गुमाए ।

यसपटक पनि भेण्टिलेटरको व्यापक खोजी भयो तर भेटिएन । यसपछि भने बर्दिबास नगरपालिकाका प्रतिनिधि अघिल्लो वर्ष नै मन्त्रालयले दिने भनेको भेण्टिलेटर बुझेर फर्किएका छन् । बर्दिबासमा भेण्टिलेटर आइसकेको छैन । तर, अहिले यहाँ जस लिनेको होडबाजी चलेको छ ।

प्राविधिक अभावमा बर्दिबास अस्पतालमा यसअघि आएका दुई वटा भेण्टिलेटर त्यसै थन्केका छन् । भेण्टिलेटर आउने भयो भन्दै प्रचारप्रसारमा व्यवस्त स्थानीय सरकारले अस्पतालको प्रावधिक व्यवस्थापनमा कसरी ध्यान देला भन्ने प्रश्न खडा भएको छ ।

यस्तो छ वास्तविकता
०७८ सालमा नै पूर्व नगरप्रमुख विदुर कार्कीसहित नेता पोखरेल सम्बन्धित निकायमा गए र भेण्टिलेटर खरिद गरेर प्रदान गर्ने सहमति भएको थियो । ‘हामीलाई यसअघि नै मागपत्र आएको थियो र सोही प्रक्रियाअनुसार उक्त भेण्टिलेटर प्रदान गरेका हाैं ।’ स्वास्थ्य मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले भने, ‘कसैले पत्र पठाउँदैमा तत्काल दिने भन्ने हुँदैन । विभिन्न चरण पूरा भएपछि मात्रै दिन्छाैं ।’ 

आवश्यकतालई हेरेर स्वास्थ्य उपकरण दिने स्वास्थ्य मन्त्रालयको नियमित प्रक्रिया हो र त्यसको लागि स्टोरमा छ भने प्रक्रिया पूरा गरेपछि दिने नभए खरिद गरेर दिने उनको भनाइ छ ।

तर, बर्दिबासको लागि यसअघि नै माग भएको र नेता पोखरेलले पटकपटक झक्झकाएकाले सम्भव भएको सहसचिव पोखरेलले प्रष्ट पारे । 

भेण्टिलेटर सञ्चालन गर्न कति चुनौती ?

भेण्टिलेटर आइसियुमा सेटमा हुन्छ । बर्दिबास अस्पतालमा यो सहित अब तीन वटा हुनेछन् । तीन वटा भेण्टिलेटरको लागि एमजिडिपी चिकित्सक, तीन जनाभन्दा बढी मेडिकल अफिसर र चारदेखि पाँच जना नर्स आवश्यक पर्छ । 

भेण्टिलेटर राखेपछि ल्याबको स्तरोन्नतिदेखि अनेकाैं आन्तरिक व्यवस्थापन मिलाउनुपर्ने बर्दिबासका पूर्व मेसु सुनिल दाहालको भनाइ छ । अहिलेको जनशक्तिलाई परिचालन गरेर काम गर्न सकिने भए पनि पर्याप्त नहुने चिकित्सकहरूको भनाइ छ ।

यदि भेण्टिलेटरसहितको आइसियु बर्दिबासमा भए मधेश प्रदेशका कयाैं मानिस काठमाडौ वा अन्य ठूला सहर जानु पर्ने बाध्यता रोकिनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर