• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बढ्दो पारिवारिक कलह, श्रीमान–श्रीमतीको झगडा भुसको आगो बन्दै

नेपाली उखान छ श्रीमान–श्रीमतीको झगडा परालको आगो । यसको अर्थ परालको आगो जस्तै श्रीमान–श्रीमातीको झगडा एकैछिनमा साम्य हुन्छ भन्ने हो ।

तर, हिजो–आज अवस्था यस्तो छैन, पछिल्लो साय परिस्थिति फरक हुँदै गएको छ । श्रीमान–श्रीमतीको झगडा त भुसको आगो जस्तो बन्न थालेको छ । र, त्यसले हत्यादेखि आत्म हत्यासम्मको परिणाम देखाउन थालेको छ ।  घरमा कलह भयो भने समाज नै अशान्त हुन्छ । हिजो–आज श्रीमान–श्रीमती जस्तो पवित्र सम्बन्धमा विग्रह बढेको छ जसका कारण हत्या, आत्महत्या जस्ता घटना बढ्न थालेका छन् । घरपरिवारकै सदस्यबाट डराउनुपर्ने अवस्था आएको छ । यस्ता घटना प्रसस्त देखीएका छन् ।

सोमबारमात्रै काठमाडौंको तारकेश्वर नगरपालिका वडानम्बर २ काभ्रेस्थली पदमसालामा दिनेश पाण्डेले छोरा–छोरी र श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरे । यो घटना भएको झण्डै हप्ता दिनअघि मात्रै चितवनमा पनि एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका थिए । घटनाको प्रकृति फरक भएपनि दुवै घटनाको कारण भने मिल्दोजुल्दो देखिन्छ ।  दुवै घटनाको पछि वैदेशिक रोजगारी, विवाहइत्तर सम्बन्ध र आर्थिक कारण रहेको प्रहरीको भनाइ छ । 

शंका उपशंका र सामान्य विवादकै कारण हत्याजस्तो जघन्य अपराध गर्न पनि मान्छे पछि नपर्नुमा, समाजमा बढ्दै गएको विकृति–विसंगति, अविश्वास नै मुख्य कारण मानिएको छ । यसमा मुख्य कारण भनेको सामाजिक सञ्जालको दुरुपयोग नै रहेको छ । नैतिक शिक्षाको कमी, सामाजिक सञ्जालको दुरुपयोग, श्रीमान्–श्रीमतीको सम्बन्धमा तेस्रो व्यक्तिको प्रवेश वा विवाहइतर सम्बन्ध, लेनदेन, वैदेशिक रोजगारी लगायतका कारण परिवार र समाजमा अपराधका घटना बढ्दै गएका छन् ।

अदालतमा दिनहुँ बढिरहेको सम्बन्ध विच्छेदका मुद्दाको चाङका खबरले पनि परिवारमा विखण्डन बढ्दै गएको देखाउछ । वैदेशिक रोजगारीबाट फर्किंदा श्रीमती र सम्पत्ति दुवै गुमाउनुपर्ने युवाहरुको कथाले पनि पछिल्लो समय बढेका सामाजिक समस्याको चित्रण गरेको छ । बैदेशीक रोजगारीबाट फर्कँदा मात्र नभएर सँगै भएको श्रीमान–श्रीमतीमा पनि सामाजिक  सञ्जालको दुरुपयोगका कारण यस्ता घटनाहरु दिनदिनै बढी रहेका छन् ।

श्रीमान्–श्रीमतीले एक अर्कालाई शंका गर्ने र त्यसबाट उत्पन्न विवाद उत्कर्षमा पुगेर हत्या आत्माअत्या जस्ता जघन्य अपराध बढी रहेका छन् परिवारमा विखण्डनका घटनाहरु त दिनदिनै बढी रहेका छन् । कतपिय यस्ता घटनालाई परिवारले प्रसय दिँदा समेत परिवार विखण्डित भएका छन् ।

समान्य मजदुरी गर्ने परिवारमा भन्दा पनि आमसञ्चारमा काम गर्ने सञ्चारकर्मी, पढेलेखेका युवापुस्ता र घरनिया भनाउँदाहरुको परिवारमा यस्ता घटनाहरु भएको देखिन्छ । यसको प्रमुख कारण सामाजिक सञ्जा लको दुरुपयोग र एकअर्कामा अविश्वास रहेको मानोविद्हरुको भनाइ छ । यस्ता परिवारमा मनो पामर्श दिएको खण्डमा परिवार विखण्डित हुनबाट जोगीने उनीहरुको सुझाब रहेको छ ।

श्रीमान–श्रीमती बीचका विवादका घटनाहरु प्रहरीमा पुगेपनि प्रहरीले श्रीमान्–श्रीमतीको विवाद भनेर सामान्य रुपमा लिइएका कारण यस्ता घटनाहरु बढी रहेका छन् । कतिपय अवस्थामा प्रहरीले समेत एकतर्फी कुरा सुनेर हका र पकार पारेर पठाएका घटनाह रु यत्रतत्र रहेका छन् । प्रहरीले श्रीमान्–श्रीमतीको विवाद त हो नि भनेर सम्झाइबुझाई गरेर पठाउँदा प्रहरीले उनीहरुलाई मानसिक परामर्शको खाँचो परेको पनि बुझ्ने हो भने यस्ताघटनामा कमी हुने मनोपरार्शदाताको भनाइ छ ।

काठमाडौं र चितवनमा भएका घट्ना हालै बाहिर आएका घटनाहरु हुन् , यस्ता घटनाहरु भित्र–भित्रै बढिरहेका छन् । आफ्नो परिवारमा विश्वासको संकट छ भने आपसी संवाद, परामर्श गरेर सुल्झाउनुपर्ने नभए मनोवैज्ञानिक र कानूनी उपचारमा जानुपर्ने विज्ञहरुको सुझाव छ ।

अहिले सामाजिक सञ्जालको प्रयोग व्यक्तिले चाहिने कामका लागि भन्दा नचाहिने कामका लागि प्रयोग गर्ने गरेको देखिन्छ । सामाजिक सञ्जालमा आउने राम्रो कुरालाई भन्दा नराम्रो कुराको नक्कल गर्न खोज्ने प्रवृतिकै कारण समाजमा विकृति विंगतिहरु फस्टाउने वातावरण बनेको छ । त्यसैले यस्ता कुरा न्युनीकरण गर्न समाजले नै अग्रसरता लिनु आवश्यक देखिन्छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर