पटक पटक मूल्य घटेर आएकाे पेट्रोलियम पदार्थको मूल्यमा नै राजनीति 

काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य तेस्रो पटक भारतबाट घटेर आएको छ । भारतबाट मूल्य घटेर आएपनि नेपाल आयाल निगमले भने यसभन्दा अघि दुई पटकसम्म मूल्य घटाएको छैन् । अब भने सरकार चुनावको मुखमा मात्रै मूल्य घटाउने भनेर बसेको छ ।

नेपाल आयल निगमका अनुसार आज आएको नयाँ मूल्इ सूचिनुसार डिजल ४.८४ रुपैयाँ र पेट्रोल १.९४ मूल्य घटेर आएको हो ।

पहिलो पटक साउन १ गते डिजेल प्रतिलिटर १६.५६ रुपैयाँ र पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ घटेर आएको थियो । दोस्रो पटक साउन १६ गते पेट्रोल प्रतिलिटर १६.८० रुपैयाँ र डिजल प्रतिलिटर १२.४५ रुपैयाँ घटेर आएको थियो ।

यसभन्दा अघि निगमले घाटा भएको भन्दै आएको थियो । अब भने निगमलाई पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफा हुने छ । भने डिजलमा अझै प्रतिलिटर ५ रुपैयाँ घाटा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर