• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

सल्यानमा अटो दुर्घटना, चार जना घाइते

सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । छत्रेश्वरी गाउँपालिकाको भोटेचौरबाट श्रीनगर आउँदै गरेको रा१ह ५४४५ नम्बरको अटो राप्ती राजमार्गको भुमेश्वर ज्युलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइते हुनेमा त्रिवेणी गाउँपालिका-३ का ४५ वर्षीय कमानसिंह जिएम, त्रिवेणी ६ का ६५ वर्षीय बिक्रम खड्का, उनकी श्रीमती ५५ वर्षीया सुन्दरी खड्का र शारदा नगरपालिका १३ की १८ वर्षीया दीपा सुनार रहेका छन् ।

गुडिरहेको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घाइते सबैको शारदा नगरपालिका-१ श्रीनगरस्थित परोपकार अस्पतालमा उपचार गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर