यामाहा नेपालले ल्यायो दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘यामाहा फेस्टिभ ह्याट्रिक’ योजना 

काठमाडौँ । यामाहा नेपालले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘यामाहा फेस्टिभ ह्याट्रिक’ योजना ल्याएको छ । नेपालीहरूको महान चाड दशैं–तिहार र छठ, २०७९ लाई लक्षित गर्दै, नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले यस्तो योजना ल्याएको हो । 

 यो योजना भाद्र २१ बाट सुरु भएको उक्त योजना यामाहाको कुनै पनि बाइक र स्कुटरको खरिदमा लागु हुने यामाहा नेपालले जनाएको छ ।
 
कम्पनीका अनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कुटर खरिद गर्दा तत्कालै स्योर शट उपहारमा ६,००० नगद जित्न सक्नेछन् । यस्तै ‘फिफा विश्वकप २०२२’ लाई समेत लक्षित गर्दै  लक्की ड्रमार्फत् हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्नेछन् । 

यसका अतिरिक्त, उक्त योजना अन्तर्गत, अब यामाहाको बाइक वा स्कुटर खरिद गर्न चाहनेहरूका निम्ति कम्पनीले अझ सुलभ प्रक्रिया ल्याएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार यस योजना अवधिभित्र यामाहाको बाइक वा स्कुटर किन चाहनेहरूले पहिलेजस्तो लामो प्रक्रियाबाट गइरहन पर्ने छैन । सिमित केही कागजपत्र देखाई ग्राहकहरूले अब मात्र ३० मिनेटमा सबै वित्तीय प्रक्रियाहरू पूरा गरी यामाहाको बाइक वा स्कुटर लिन सक्नेछन् ।

‘चाडपर्वमा ग्राहकवर्गको अपेक्षा सधैँ बढी हुने र यस ‘यामाहा फेस्टिभ ह्याट्रिक’ को योजनाले ग्राहकको अपेक्षा पूरा गर्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौँ । र आउँदै गरेको  विश्वकप २०२२ लाई पनि अझ रोमाञ्चक बनाउन हामी निकै आशावादी तथा उत्साहित छौँ ।’ उत्साहित हुँदै यामाहा नेपालका सिईओ राजु क्षेत्रीले भने ।
 
छठसम्म लागु हुने यस योजना नेपालभरका सबै यामाहा शोरुमहरूमा सञ्चालित हुने काम्पनीले जनाएको छ ।  


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर