माओवादी मकवानपुरले गर्यो बिडारी र मोक्तानलाई एउटै क्षेत्रबाट सिफारिस, गाैतम १ काे 'क' मा

काठमाडौं । नेकपा माओवादी केन्द्र मकवानपुरले आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा निर्वाचनका लागि उमेद्वार सिफारिस गरेको छ ।  पार्टीको संघीय समन्वय समिति, प्रदेश समन्वय समिति र गाँउ समितिबाट प्राप्त सिफारिस सहित जिल्ला समन्वय समितिको बैठक र कार्यालयको बैठकले उमेदवार सिफायिरस गरेको हो ।

पार्टी बैठकले  प्रतिनिधिसभा क्षेत्र नं १ र २ दुबै क्षेत्रमा उमेदवारको सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नं.१ मा प्रत्यक्ष तर्फ जीवन गोले र प्रल्हाद लामिछाने लाई सिफारिस गरेको छ भने प्रातिनिधिसभा क्षेत्र न २ मा  कुमारी मोक्तान र रामनारायण विडारी सिफारीस भएका छन् ।

निर्वाचन क्षेत्र नं.१ मा समानुपातिक तर्फ ठूलीमाया  मोक्तान जनजाती महिला, प्रमिला लामा पुलामी जनजाती महिला, रन्जना श्रेष्ठजनजाती महिला   र  सन्तोषकुमार लामा जनजाती पुरुष  तर्फ सिफारीस भएका छन् ।  प्रातिनिधिसभा क्षेत्र न २ मा समानुपातिक  तर्फ चन्द्रवहादुर लामा जनजाती पुरुष,  फूलमाया सिन्तान , जनजाती महिला,  रामहरी सुवेदी खसआर्य पुरुष लालसिं गुरुङ  जनजाती पुरुष सिफारीस भएका छन् । 

निर्वाचन क्षेत्र नं. १ को क अन्तरगत  प्रेमबहादुर पुलामी, बिजय गौतम  र भीम पाखिन  सिफारीस भएका छन् ।  यो क्षेत्रमा समानुपातिक तर्फ  जीवन पहरी सिमान्तकृत पुरुष, बच्चु खड्का गोले  खसआर्य महिला,  विरवहादुर राई विवेक सिमान्तकृत पुरुष,  लक्ष्मी पाखिन जनजाती महिला,  लक्ष्मी माझी
सिमान्तकृत  महिला  तर्फ सिफारीस भएका छन् । 

यही निर्वाचन क्षेत्रको ख मा तिर्थबहादुर थापा  र ज्ञानेन्द्र लामिछाने सिफारीस भएका छन् । यस क्षेत्रमा समानुपातिक तर्फ कृष्णप्रसाद सुवेदी घाइते लअपाङ्ग,  पुनम भट्टराई खसआर्य महिला ,  भगिरथ नेपाल खसआर्य पुरुष लिलाकुमार घलान जनजाती पुरुष शेख जाहगिर मुस्लिममा सिफरीस भएका छन् ।

त्यस्तै गरी  २ नं क्षेत्रको कमा कुमारी मोत्तान,  प्रकाशचन्द्र पाण्डे  प्रलोक र लवशेर विष्ट विष्ट सिफारीस भएका छन् । समानुपातिक तर्फ अप्सरा लोप्चन जनजाती महिला,  ज्योती रायमाझी खसआर्य पुरुष,  र्जुपदम लामा जनजाती पुरुष रञ्जीत राना  जनजाती पुरुषमा सिफारिस भएका छन् ।

यसै गरी  क्षेत्र नं. २ को ख अन्तरगत  ओम घलान र रामप्रसाद कालाखेती सिफारीस भएका छन् ।  उक्त क्षेत्रमा  आनन्द घलान जनजाती पुरुष, इश्वरी सुनार दलित महिला, खुशीलाल चेपाङ अल्पसंख्यक,  दिलबहादुर स्याङ्बो अपाङ्ग, पूर्णिमा दोङजनजाती महिला र  विश्वराज थिङ जनजाती पुरुष  तर्फ सिफरिस भएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर