माओवादी मकवानपुरले गर्यो बिडारी र मोक्तानलाई एउटै क्षेत्रबाट सिफारिस, गाैतम १ काे 'क' मा
काठमाडौं । नेकपा माओवादी केन्द्र मकवानपुरले आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा निर्वाचनका लागि उमेद्वार सिफारिस गरेको छ । पार्टीको संघीय समन्वय समिति, प्रदेश समन्वय समिति र गाँउ समितिबाट प्राप्त सिफारिस सहित जिल्ला समन्वय समितिको बैठक र कार्यालयको बैठकले उमेदवार सिफायिरस गरेको हो ।
पार्टी बैठकले प्रतिनिधिसभा क्षेत्र नं १ र २ दुबै क्षेत्रमा उमेदवारको सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नं.१ मा प्रत्यक्ष तर्फ जीवन गोले र प्रल्हाद लामिछाने लाई सिफारिस गरेको छ भने प्रातिनिधिसभा क्षेत्र न २ मा कुमारी मोक्तान र रामनारायण विडारी सिफारीस भएका छन् ।
निर्वाचन क्षेत्र नं.१ मा समानुपातिक तर्फ ठूलीमाया मोक्तान जनजाती महिला, प्रमिला लामा पुलामी जनजाती महिला, रन्जना श्रेष्ठजनजाती महिला र सन्तोषकुमार लामा जनजाती पुरुष तर्फ सिफारीस भएका छन् । प्रातिनिधिसभा क्षेत्र न २ मा समानुपातिक तर्फ चन्द्रवहादुर लामा जनजाती पुरुष, फूलमाया सिन्तान , जनजाती महिला, रामहरी सुवेदी खसआर्य पुरुष लालसिं गुरुङ जनजाती पुरुष सिफारीस भएका छन् ।
निर्वाचन क्षेत्र नं. १ को क अन्तरगत प्रेमबहादुर पुलामी, बिजय गौतम र भीम पाखिन सिफारीस भएका छन् । यो क्षेत्रमा समानुपातिक तर्फ जीवन पहरी सिमान्तकृत पुरुष, बच्चु खड्का गोले खसआर्य महिला, विरवहादुर राई विवेक सिमान्तकृत पुरुष, लक्ष्मी पाखिन जनजाती महिला, लक्ष्मी माझी
सिमान्तकृत महिला तर्फ सिफारीस भएका छन् ।
यही निर्वाचन क्षेत्रको ख मा तिर्थबहादुर थापा र ज्ञानेन्द्र लामिछाने सिफारीस भएका छन् । यस क्षेत्रमा समानुपातिक तर्फ कृष्णप्रसाद सुवेदी घाइते लअपाङ्ग, पुनम भट्टराई खसआर्य महिला , भगिरथ नेपाल खसआर्य पुरुष लिलाकुमार घलान जनजाती पुरुष शेख जाहगिर मुस्लिममा सिफरीस भएका छन् ।
त्यस्तै गरी २ नं क्षेत्रको कमा कुमारी मोत्तान, प्रकाशचन्द्र पाण्डे प्रलोक र लवशेर विष्ट विष्ट सिफारीस भएका छन् । समानुपातिक तर्फ अप्सरा लोप्चन जनजाती महिला, ज्योती रायमाझी खसआर्य पुरुष, र्जुपदम लामा जनजाती पुरुष रञ्जीत राना जनजाती पुरुषमा सिफारिस भएका छन् ।
यसै गरी क्षेत्र नं. २ को ख अन्तरगत ओम घलान र रामप्रसाद कालाखेती सिफारीस भएका छन् । उक्त क्षेत्रमा आनन्द घलान जनजाती पुरुष, इश्वरी सुनार दलित महिला, खुशीलाल चेपाङ अल्पसंख्यक, दिलबहादुर स्याङ्बो अपाङ्ग, पूर्णिमा दोङजनजाती महिला र विश्वराज थिङ जनजाती पुरुष तर्फ सिफरिस भएका छन् ।
प्रतिकृया दिनुहोस