ओलीसँग भिड्न झापा ५ मा रञ्जितसहित माओवादीका चारजनाको सिफरिस 

झापा । नेकपा माओवादी केन्द्रले झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्न विद्यार्थी नेता रञ्जित तामाङसहित चार जनाको नाम सिफारिस गरेको छ ।  तामाङले ओलीसँग भिड्न चाहेको धेरै पहिलदेखि नै बताउँदै आएका थिए । उनी अनेरास्ववियू क्रान्तिकारीका पूर्व अध्यक्ष हुन् ।

माओबादी प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा क्षेत्र नम्बर ५ को बैठकले प्रत्यक्ष तर्फ रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, गगन पुरी र रमेश गुरागाईंको नाम सिफारिस गरेको छ । तामाङ र बस्नेत माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । पुरी प्रदेश समितिको कोषाध्यक्ष र गुरागाईं सदस्य हुन् ।

यसैगरी प्रतिनिधि सभामा समानुपातिकतर्फ सन्तोष गौतम, राधिका ओझा, गणेशमान धिमाल र नरेन्द्र सावाँको नाम सिफारिस गरिएको छ । प्रदेश सभामा क्षेत्र नम्बर ५ ९क० का लागि प्रत्यक्ष तर्फ रञ्जित तामाङ, सिताराम अधिकारी, माधव भट्टराई तथा समानुपातिक तर्फ हुकुम सिंह नेपाली र अनिसा झागर सिफारिसमा परेका छन् । तामाङ प्रदेश सभा सदस्यको उम्मेद्वारमा पनि सिफारिसमा परेका छन् ।

क्षेत्र नम्बर ५ ९ख० का लागि प्रत्यक्ष तर्फ गगन पुरी, वीरेन्द्र बस्नेत, वेदु गौतम र डम्बर पुलामी कर्मालाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ भूमिका कोइराला र अजय अग्रवाललाई सिफारिस गरिएको छ । पुरी पनि दुई पदका लागि सिफारिसमा परेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर