मोरङ ३ : राप्रपाबाट रेखा थापा मतदातासँग् मैदानमा

मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनाबमा सिफारिस भएकी चर्चित नायिका तथा नेतृ रेखा थापा चुनावको तिब्र तयारीमा खटिएकी छन् । 

थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छिन् । चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ ३ मा पर्ने पथरीशनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दर हरैचाका  मतदातासँग भेटघाट गरिन ।

उनले मोरङ ३ का बिभिन  गाउँ तथा नगरका वडाहरुमा स्थानीयहरुसँग  समस्याहरुबारे जानकारी लिइन ।

नेतृ थापाले सबै उमेर समूहका मतदाताहरुको अपार मायाँ पाइरहेको बताइन । उनले नेता भनेको शासक होइन सेबक हुनुपर्ने बताउँदै आफू जनताको सेवा गर्न आएको बताईन् । 

 घरदैलोका क्रममा उनले जनताले नै मतदान गरेर जिताएपछि जनतालाई घृणा,दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिदविक्री गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने भ्रष्टहरुलाई अब जनताले भविष्य सुम्पिनु नहुने बताइन । थापाले ‘ठगहरुलाई लखेट्ने’ बताउँदै आफ्नो मत खेर नफाल्न आग्रह गरिन ।

 ‘जहाँ पुग्छु मलाई युवाले माया र ज्येष्ठ नागरिकले आशिर्वाद दिने गर्नुभएको छ,’ थापाले भनिन् ।

रेखाको निर्वाचन क्षेत्रमा सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या रहेको छ ।  थापाले मतदातासँग भनिन्, ‘ठूला राजनीतिक दलका नेताले आफ्नो व्यवसाय फस्टाउने काम मात्र काम गरे। गाउँ–गाउँका जनता अहिले पनि सामान्य उपचार गर्न सहर जानुपर्ने बाध्यता बनाएका छन्। म यी सबै हिसाबकिताब गर्न आएकी छु। म काम गर्न सक्छु, म नेपाली दिदीबहिनीहरूलाई चुलोबाट बाहिर निकाल्ने काम गर्छु।’ 

मोरङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका तर्फबाट पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल उठ्ने चर्चा छ । त्यस्तै कांग्रेसका तर्फबाट मेडिकल व्यवसायी सुनील शर्माको नाम चर्चामा छ । शर्मा र ढकालसँग प्रतिस्पर्धा गर्न लागेकी राप्रपा नेतृ थापा भने सबैभन्दा पहिले चुनावी अभियान लिएर गाउँ पसेकी हुन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर