राष्ट्रपति भण्डारी र माधव नेपाललाई बालेनको प्रश्नः कुन मुख देखाएर भोट माग्नु हुन्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर भित्रका समस्या समाधानका लागि विभिन्न विकल्पमहरु पहिल्याउने र समाधान गर्ने प्रयास गरिरहेका छन् । फुटपाथ, बेसमेन्ट पार्किङ, सार्वजनिक जग्गा अधिग्रहया फिर्ता ल्याउने काम गरिरहेका मेयर बालेनले लामो समयदेखि जर्जर बनेर रहेका र ती समस्यामा राजनीतिक दलका नेता जोडिएका विषयहरु उठाईरहेका छन् । 

केही समयअघि फोहोर व्यवस्थापनका क्रममा माओवादी केन्द्रका घरभेटीले ठेक्का लिएको तर बाटो नबनाएको विषय उठाएका बालेनले आज तीनकुनेको सार्वजनिक जग्गा र त्यहाँ जोडिएका दुई नेतामाथि प्रश्न उठाएका हुन् । 

सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै उनले अहिलेको सरकारको समयावधि अझै दुई महिना बाँकी रहेकाले तीनकुनेको जग्गाको उचित व्यवस्थापन गर्न माग गरे । 

महानगर प्रमुख बालेनले लेखेका छन्, ‘आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु,  प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर