धनुषापछि पर्वतमा भयो एमालेका दुई गुटबिच कुटाकुट

काठमाडौं । मधेश प्रदेशको धनुषामा नेकपा एमालेका कार्यकर्ताबिच झडप भए लगत्तै आज फेरि पर्वत जिल्लामा पनि एमालेका दई गुटबीच हानाहान भएको छ । एमालेको युवा संगठन युवासंघको जिल्ला महाधिवेशनका क्रममा भेला भएका नेता कार्यकर्ताबीच पार्टी कार्यालयमै झडप भएपछि प्रहरी तैनाथ गरिएको थियो । 

झडपमा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ ।

गणेश तिमिल्सिना र पदम गिरी समूहबिच झगडा भएको बताइएको छ । गिरी पक्षले आज अधिवेशन डाकेको थियो भने तिमिल्सिना पक्षले समय सार्न माग गरेको थियो । 

गिरी पक्षका युवाले अधिवेशनको उद्घाटन गरेपछि तिमिल्सिना पक्षका युवाले विरोध गर्दा झडप भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर