• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोस्की युक्रेनको आर्मब्यान्ड लगाएर मैदान उत्रने 

काठमाडौं । पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोस्की,  कतार विश्वकपमा युक्रेनको आर्मब्यान्ड लगाएर मैदान उत्रने भएका छन् ।  युद्धको सामना गरिरहेको युक्रेन प्रति ऐकेबद्धता जनाउदै स्ट्राइकर लेवान्डोस्कीले  निलो र पंहेलो रंगको विषेश आर्मब्यान्ड लगाउने भएका हुन् ।

बार्सीलोनाका लेवान्डोस्कीेले, युक्रनेका पुर्व कप्तान तथा प्रशिक्षक आन्द्रि सेभेचेन्कोलाइ वार्सा स्थित नेशनल स्टेडियममा भेटेर आर्मब्यान्ड लिएका थिए । लेवान्डोस्कीले लगाएको आर्मब्यान्डले विश्वकपमा सांकेतिक रुपमा युक्रेनको उपस्थितीलाइ जनाउनेछ । युक्रेन विश्वकपमा छनोट हुन असफल भएको  थियो ।

 स्टार फरवार्ड लेवान्डोस्की युक्रनेको समर्थनमा आवाज उठाउदै आइरहेका छन् । यसअघि बायर्न म्युनिख बाट खेल्दा पनि उनले सोही किसिमको आर्मब्यान्ड लगाएका थिए ।  पोल्यान्डले नोभेम्बर २२ मा मेक्सिको संग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । सो खेलमा लेवान्डोस्की युक्रेनलाइ समर्थन जनाउनै हातमा आर्मब्यान्ड लगाएर मैदान उत्रनेछन् । लेवान्डोस्कीले युक्रेनको समर्थनमा आर्मब्यान्ड लगाउन पाउदा गर्व लागेको प्रतिृकया दिए । यसले युक्रेन एक्लै नरहेको संदेश जाने उनको भनाइ थियो ।

गत फेब्रुअरी २६ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन माथि सैन्य कारबाही सुरु गरेका थिए । त्यसयता  लाखौ मानिस विस्थापिथ भएका छन भने सयौंले ज्यान गुमाए  । खेलकुद गतिविधीलाइ पनि प्रत्यक्ष असर परेको छ । 

यसैबीच रुसलाइ सन २०२४ को युरोकप  छनोटको ड्र बाट हटाइएको छ । अर्को सुचना जारी नभएसम्मका लागि रुसको राष्ट्रिय टिम सवै अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट बञ्चित रहेको युरोपियन फुटवल महासंघले जनाएको छ । रुसलाइ सहयोग गरिरहेको बेलारुस भने ड्रमा समावेश छ । तर बेलारुसलाइ युक्रने भएकै समुहमा भने राखिने छैन ।

क्रोएशियामा बसेको युएफको कार्यसमिती बैठकले रुसलाइ समावेश नगर्ने निर्णय गरेको हो । ड्रआगामी अक्टोबर ८ मा जर्मनीको फ्राङकफर्टमा हुदैछ । २०२४ को युरो जर्मनीलेनै आयोजना गर्दैछ । विश्व फुटवलको सर्वोच्च निकाय फिफा र युएफाले गत फेब्रुअरीमा रुसको राष्ट्रिय टिम र क्लबहरुलाइ समेत अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिन नदिने निर्णय गरेको थियो । 

गत जुलाइमा फिफा र युएफाको निर्णय  विरुद्ध रुस फुटवल संघ र चार क्लबले गरेको अपिल कोर्ट अफ आर्बिट्रेशन फर स्पोर्टसले खारेज गरिदिएको थियो । कासको निर्णय पछि आगामी नोभेम्बरमा हुने  कतार विश्वकपमा रुसले खेल्ने संभावना सकिएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर