• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

गजुरीमा तनाव सामान्य बनेपछि यातायात संचालनमा

काठमाडौं । धादिङको गजुरीमा बसको ठक्करबाट एक स्थानीय बालकको मृत्यु भएपछि उत्पन्न भएको तनाव साम्य भएको छ । पृथ्वी राजमार्गमा यातायात संचालनमा आएको छ ।

काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट ६ वर्षीय विजय परियारको मृत्यु भएपछि स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा बसमा आगजनी गरिएको छ । आफन्त र स्थानीय वासिन्दाको सहमतिमा शव उठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर