अर्थमन्त्री र गभर्नरबीच वाक युद्ध, ब्याजदर घटाउन मन्त्रीको दबाब

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर घटाउन बैंकहरुलाई दवाव दिएका छन् । बैंकमा पैसा राखेर उत्पादनमा वृद्धि नहुने भन्दै मन्त्री शर्माले ब्याजदर घटाउन दवाव दिएका हुन् ।

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डमा आयोजना गरेको ‘नाडा इभि अटो एक्स्पो २०२२’ लाई सम्वोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । बैंकहरुले बढाएको ब्याजदरमा असतुष्ट व्यक्त गर्दै अर्थमन्त्री शर्माले पुनर्विचारका लागि छलफल भईरहेको बताउँदै  बैंकमा पैसा राखेर आम्दानी लिए पनि देशको उत्पादनमा विकास नहुने र उद्योग, व्यवसायमा लगानी घट्ने बताए  ।

उनले वित्तीय नियम कडाईका साथ लागू गर्नुपर्ने अवस्था आएको बताए । ब्याजदरको सन्दर्भ सम्वन्धित निकायहरुसंग छलफल गरिरहेको र आउने हप्तामा गम्भिर छलफल गरि अगाडि बढ्न अर्थसचिवलाई निर्देशन गरिसहेको  बताए ।

बजेट मार्फत सरकारले ल्याएको उत्पादन क्षेत्रमा २ प्रतिशत ब्याजदर तोकेकाले त्यसलाई कार्यन्वयन गर्नुपर्नेमा जोड दिए । सोही अवसरमा मन्त्री शर्माले नेपालमै विद्युतीय सवारी साधन उद्योग स्थापना गर्न व्यवसायीहरूलाई आग्रह समेत गरेका छन् । 

नेपाललाई २०३० सम्म विद्युतीय सवारीमय बनाउनुपर्नेमा उनले जोड दिए । यसका लागि आवश्यक छुट तथा सहुलियत जे चाइन्छ  सरकार दिन तयार रहेको उनले बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर