कलाकार बुद्धि तामाङको विवाह आज  

काठमाडौं । कलाकार बुद्धि तामाङ आज  वैवाहिक सम्बन्धमा बाँधिँदै छन् ।आज (शुक्रबार) उनको विवाह हुन लागेको हो ।

बुद्धिले मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार विवाह गर्न लागेका हुन् । भक्तपुर कौशलटारस्थित एक पार्टी प्यालेसमा हुन लागेको विवाहमा दुवै पक्षका परिवारका सदस्यहरू उपस्थित हुनेछन् । स्नातक अध्ययनरत अनुसँग बुद्धिले मागी विवाह गर्न लागेका हुन् ।

‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता थुप्रै हिट चलचित्रमा अभिनय गरेका बुद्धि ‘हैट’ उपनामले चर्चित छन् । उनको नयाँ चलचित्र ‘दुई नम्बरी’ असोज २१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर