चर्चामा प्रदीप र क्रिस्टिना 

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘प्रेमगीत ३’ नयाँ रेकर्ड राखेको छ ।  शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको यस चलचित्रले राम्रो व्यपार गर्नुको साथै सकरात्मक प्रतिक्रिया पाएको छ । 

नेपाल, भारतसहित विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको ‘प्रेमगीत ३’ मा दर्शकको उत्साहजनक सहभागिता रहेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् ।  

‘प्रेमगीत ३’ हेरिसकेका दर्शकले अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङको भूमिकालाई विशेष रुपमा रुचाएका छन् । प्रेम कथामा आधारित यस फिल्मले दर्शकको मन जितेको छ ।

प्रदीप, क्रिस्टिनाको मुख्य भूमिका रहेको प्रेमगीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर