‘द भ्वाइस अफ अमेरिका’ मा परिजिताको गीत सुनेर जज भए मन्त्रमुग्ध

काठमाडौं  ।  नेपाली किशोरी परिजिता बाँस्तोलाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा धमाकेदार प्रस्तुति दिएकी छन् ।

नेपाली समयानुसार आज बिहान भएको शोमा उनले पहिलो गायकी प्रस्तुति गर्दै नेपाली राष्ट्रियता, संस्कृति र संगीतलाई विश्व मञ्चमा पु¥याउने जमर्को गरिन् ।

तमोथी लि म्याकेन्जीको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाउँदै उनले चारैजना जजलाई मन्त्रमुग्ध मात्र पारिनन्, उनीहरुलाई आफूतिर आकर्षित पारिन् । चारैजना निर्णायकले उनको गायकीको प्रशंसा गरे । साथै, सहकार्य गर्न पाएकोमा सम्मानित महसुस भएको पनि बताए ।

परिजिताले चारैजना जजलाई नेपालबाट लगेको रुद्राक्षको माला लगाइदिएकी थिइन् । आफू द भ्वाइसमा भाग लिने पहिलो नेपाली प्रतिस्पर्धीको रुपमा चिनाएकी उनले आफूले नेपाली संगीत सुन्ने तर मनपर्ने जनरा चाहिँ आरएण्डबी भएको बताइन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर