नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो शोरुम

काठमाडौँ । नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता ‘MAW Enterprises Pvt.Ltd’ ले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । असोज १३ गते प्रमुख अतिथि को हातबाट उद्घाटन गरिएको नक्सालमा अवस्थित उक्त शोरुम Two wheeler Industry कै सबैभन्दा ठूलो र अत्याधुनिक शोरुम मानिएको छ । यामाहाको विश्व व्यापी नयाँ अवधारणा ‘Blue Square’ लाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याईएको हो । 

यामाहाको ‘Global Motor Sports Legacy’ लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ‘Blue Square’ शोरुमलाई लिईएको छ । Blue Square शोरुममा प्रयोग गरिएको ‘Blue’ कलरले यामाहा ब्राण्डको ‘Racing DNA’ लाई झल्काउने र ‘Square’ ले ‘One Stop Buying Junction’ जसमा ग्राहकले मोटरसाईकल, स्कुटर, Accessories र Apparel एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ । यस शोरुममा ‘Better Customer Experience’ अनुभव गर्नुको साथै छिटो र ‘Personalized One To One Service’ प्रदान गरिने जानकारी गराईएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट  यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै ‘Digital Technology’ मार्फत ‘QR Code’ स्क्यान गरेर Brochure हरु प्राप्त गर्न सक्नेछन् ।

स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ‘Blue Square’ को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्घि गर्ने कम्पनिको ठहर छ  । 

‘नेपालीहरुको महान चाड वडा दशैँको अवसरमा नेपालकै सर्वाधिक ठूलो र सुविधा सम्पन्न यामाहा शोरुम खोल्न पाउँदा हामी धेरै हर्षित छौँ । यस शोरुमले वाईक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाईकल स्कुटर, Accessories र Apparel गराउने कुरामा हामी विश्वस्त छौँ ।’ यामाहा नेपालका लागी सिइओ राजु छेत्रीले भने ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर