वाईसिएल भक्तपुरकाे सृजनात्मक कामः शुभकामनासहित यात्रुलाई निशुल्क मास्क र पानी वितरण गर्ने
भक्तपुर । नेकपा माओवादी केन्द्रको साहायक संगठन वाईसियल भक्तपुर समन्वय समिति तथा सुर्यविनायक नगर समितिले र्सिजनात्मक कामको तयारी गरेकाे छ ।
मंसिर ४ गते हुने चुनावको प्रचारमा समेत टेवा पुग्ने गरि वाईसिएल भक्तपुरले अरनिको राजमार्गमा भक्तपुर भएर गुड्ने सवारी साधनका यात्रुलाई निशुल्क मास्क र खानेपानी वितरण गर्न सुरु गर्न लागेकाे हाे । भाेली विहान ७ बजेदेखि याे अभियान थाल्ने वाईसिएल केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज नरेश रन्जितले जानकारी दिए ।
भक्तपुर भएर विपि राजमार्गमा पूर्व तथा पश्चिम जाने सवारी र बागमती प्रदेशका काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, ओखलढुंगा लगायतका जिल्लाका मानिसहरु आवत जावत गर्ने गर्दछन् ।
वाइसिएलले वितरणा गर्न लागेकाे पानीकाे बाेतलमा माओवादीकाे चुनाव चिन्ह, दशैंकाे शुभकामना, वाइसिएलकाे झण्डा प्रिन्ट गरिएकाे छ ।
प्रतिकृया दिनुहोस