कुन कलाकारले कसरी लगाए दसैंको टिका ?

काठमाडौं । आज विजया दशमी अर्थात दसैंको टिकाको दिन । यति बेला समाजिक सञ्जालमा दसैंमा टिका लगाएको तस्बिरहरु तीव्र रुपमा सार्वजनिक भइरहेका छन् । 

यसैक्रममा कलाकारहरुले पनि दसैंको टिका लगाइएको तस्बिर सार्वजनिक गरेका छन् । पोष्टमा अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेलले छोरीलाई टीका लगाइदिएको देखिन्छ भने हाँस्य सम्राट हरिबंश आचार्यले स्वर्गीय मिरा तस्बिरलाई साक्षी परिवारजनमा टीका लगाएको देख्न सकिन्छ ।

 साथमा निर्माता उद्धव पौडेलले आफ्नी आमासँग र कलाकार निर्मल शर्मा र अभिनेता रमेश उप्रेतीले  परिवारको सामुहिक तस्बिर र नेपालकी पहिलो अभिनेत्री भुवन चन्दले श्रीमानका साथ टीका ग्रहण सँगैको तस्बिर देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर