एम्एडब्लुले ल्यायो सुविधा सम्पन्न बाइक आर १५ भि ४ नेपाली बजारमा

काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक रहेको एम्एडब्लु इन्टरप्राइजेजले धेरैले प्रतिक्षा गरेको सुविधासम्पन्न बाइक आरवान १५ भि ४ आजबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गराएको छ । बिहीबार पत्रकार सम्मेलन गरी आफ्नै ब्लू–स्क्वायर शोरूम, नक्सालमा कम्पनीले उक्त बाइक सार्वजानिक गरेको हो । आरवान १५ भि ४ नेपालमा ल्याइएको यामाहाको उत्कृष्ट मोटरसाइकलहरूमध्ये एक रहेको कम्पनीको ठहर रहेको छ । 
 
आर १५को चौथो जेनेरेशन भनिएको उक्त बाइक मूलत: ट्र्याक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुची राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको कम्पनीले बताएको छ । १५५ सिसि एफ्आई इन्जिनमा भिभिए राखी तयार पारिएको यस बाइकलाई नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ–कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू–लेभल सिट’ जस्ता विशेषताहरूले अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीले जनाएको छ । 
 
कम्पनीका अनुसार यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भिभिए’ जस्ता प्रणालीले आर १५ भि ५ १५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ । ‘एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेशनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो–स्ट्रेश’ कायम गर्न मद्दत पुर्याउँदछ, जसले गर्दा गियरको ‘डाउण्ड–स्फीटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँदछ । त्यसैगरी, उच्च कार्यसम्पादन क्षमता भएको ‘भिभिए’ प्रणालीले भने बाइक न्यून आरपिएमको अवस्थामा समेत उल्लेखनीय पावर र टोर्क प्रदान गर्दछ ।
 
आरवान १५ भि ४ को विशेषताहरूबारे  जानकार गराउँदै यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले उल्लेख गरेको छ । राइडरले सडकको अवस्थाको अनुकूलता मध्य नजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रीट मोड’मा स्वीच गर्न सक्ने सुबिधा रहेको छ ।
 
कम्पनीका अनुसार राइडरलाई उच्च गतिमा छिटो पुर्याउनका निम्ति एयरफ्लोलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सुधारिएको एरोडाइनामिक डिजाइन र सही र भरपर्दो ब्रेकिङका लागि डुअल च्यानल एबिएसका साथ बजारमा ल्याइएको यस अल–न्यू आर १५ भि ४, १५५ सिसि एलसिभी एसओएच्सी फ्युल–इन्जेक्टेड (FI) ईन्जिनको साथ तयार पारिएको शक्तिशाली बाइक हो ।

चिप्लो बाटोमा ह्वीलस्पिनको कारण चक्काले घर्षण गुमाई चिप्लने सम्भावनालाई कम गराउँन राखिएको  ट्रयाक्शन कन्ट्रोल सुविधाले चालकको आत्मविश्वासलाई कायम गर्न मद्दत गर्दै यात्रालाई अझ सुरक्षित बनाउने कम्पनीले जनाएको छ । 

यस्तै, क्लच/ थ्रोटलरहित गियर सिफ्टिङलाई प्रभावकारी बनाउने प्रविधि, ‘क्विक सिफ्टर’ भने ‘रेसिङ ब्लु’ भेरियन्टमा मात्र उपलब्ध रहेको र ग्राहकले चाहेमा कालो र रातो भेरियन्टमा पनि राख्न मिल्ने कम्पनीले जानकारी दिएको छ । 
 
यसैगरी, ‘कनेक्ट एक्स’भन्दा उन्नत प्रविधिको ‘वाइ कनेक्ट’ समावेश गरिएको एलसिडी इन्स्ट्रुमेण्ट क्लस्टरले R15 M लाई स्मार्ट मात्र नभइ बहुआयमिक पनि बनाएको यामाहा नेपालको सिईओ राजु क्षेत्रीले बताएका छन् । एन्ड्रोइड र एप्पल प्रयोग गर्ने राइडरहरूका लागि क्रमश: ‘गुगल प्ले स्टोर’ र ‘एपस् स्टोर’मा उपलब्ध ‘वाइ कनेक्ट’ एप बाइकसँग ब्लूटुथमार्फत जोडेपछि निम्न फङ्शनहरू एलसिडी क्लस्टरमा डिस्प्ले हुने कम्पनीले जानकारी दिएको छ ।
 
– गियर सिफ्ट इन्डिकेटर
– फ्यूल कन्जम्पशन इन्डिकेटर
– सिफ्ट–टाइमिङ्ग लाईट
– भिभिए इन्डिकेटर
– ट्रयाक्शन कन्ट्रोल इन्डिकेटर
– मोबाइलफोनको ब्याट्री लेभल
– मेन्टेनेन्स रिकमेण्डेशन
– पार्किङ लोकेशन
– मालफङ्शन नोटिफिकेशन
– रेभ ड्याशबोर्ड र स्मार्टफोनमा रेङ्किङ
 
यसका साथै वाइ कनेक्टमार्फत चालकले फोनकल, एसएमएस र ईमेल अलर्टजस्ता नोटिफिकेशन पनि बाइकको एलसिडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको छ ।
 
बिहीबारबाट नेपालभरिका यामाहा शोरुममा उपलब्ध हुने जनाइएको आरवान १५ भि ४  नीलो, कालो र रातोको मूल्य नेपाली बजारमा रु। क्रमश: ५, ७२, ९०० र रु ५, ६२, ९००  रहेको कम्पनीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर