• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

९० बलात्कारका घटनामा ३८ वर्षीय एक पुरुष दोषी ठहर ! 

एजेन्सी । दक्षिण अफ्रिकाको एक अदालतले मंगलबार एक व्यक्तिलाई ९० वटा बलात्कारका घटनमा दोषी ठहर गरेको छ । जोहानेसबर्ग नजिकैको पाम रिजको अदालतले ३८ वर्षीया न्कोसिनाथी फाकाथीलाई सो सजाय सुनाएको हो । 

पीडितमध्ये अधिकांश स्कुले छात्रा छन् । तीमध्ये केही नौ वर्षसम्मका बालबालिका पनि समावेश छन् । उक्त घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ । 
 
“उनले आफ्ना पीडितहरूलाई बिहान वा बेलुका स्कूल जाँदै वा फर्कने वा कामबाट फर्कने क्रममा निशाना बनाए । उनले आफ्नै घरमा पनि निशाना बनाए,“ राष्ट्रिय अभियोजन प्राधिकरणका प्रवक्ता लुम्का महन्जनाले एक विज्ञप्तिमा भने ।

“उनी गिजर वा अन्य घरायसी उपकरण मिलाउन आएका इलेक्ट्रीशियन भएको बहाना गर्थे र बलात्कार गर्थे । कतिपय अवस्थामा एक पटकमा एक भन्दा बढी व्यक्तिलाई बलात्कार गर्दा अन्यलाई हेर्न बाध्य पार्थे । ’ उनीबाट पीडित हुनेमा अधिकांश बालबालिका थिए । पीडितमध्ये ९ वर्षदेखि ४४ वर्षसम्मका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर