• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

‘सिंगो गाउँ नै बिक्रीमा’

एजेन्सी । सामान्यतया क्रेता र विक्रेताबीच कुनै घरजग्गा खरिदबिक्री हुन्छ । कसैले आफ्नो घर बेचेर अर्कोे घर किन्छन् । तर, स्पेनमा भने एउटा सिंगो गाउँ नै बिक्रीमा राखिएको छ, जसलाई  जोकोहीले किन्न सक्छन् । उत्तर–पश्चिमी स्पेनको साल्टो डे क्यास्ट्रो गाउँ बिक्रीमा राखिएको हो । सिंगो गाउँको मूल्य २ लाख ६० हजार युरो तोकिएको छ ।

स्पेनको राजधानी म्याड्रिडबाट गाडीमा चढ्दा तीन घण्टाको दूरीमा रहेको उक्त गाउँमा ४४ घर, होटल, चर्च, विद्यालय, महानगरीय स्वीमिङ पुललगायतका सुविधा छन् ।

तर, त्यहाँ कोही पनि वासिन्दा छैनन् । साल्टो डे क्यास्ट्रोमा ३२ वर्षदेखि सुनसान प्रायः छ । साल्टो डे कास्ट्रोलाई विद्युत् उत्पादन कम्पनी इबर्डिउरोले सन् १९५० को दशकमा जलाशय निर्माण गर्ने कामदारहरूको परिवारको लागि निर्माण गरेको थियो । तर, गाउँ निर्माण सम्पन्न भएपछि बासिन्दा त्यहाँबाट हिँडे र गाउँ सन् १९८० को दशकमा खाली भएको थियो ।

सुरुमा सन् २००० मालिकले गाउँलाई पर्यटकीय क्षेत्रको रूपमा रूपान्तरण गर्ने उद्देश्यले किनेका थिए । तर, उनको योजना सफल भएन । ‘यहाँ होटल बनाउने मालिकको चाहना थियो’, मालिकको प्रतिनिधित्व गर्ने कम्पनी रोयल इन्भेस्टका रोनी रोड्रिग्जले भने ।

विक्रीका लागि  सूचीबद्ध भएपछि ५० हजार भन्दा बढीले रुची देखाएका छन् । रुस, फ्रान्स, बेल्जियम र बेलायतबाट सोधपुछसँगै ३ सय जनाले खरिद गर्न चासो देखाएका हुन् । एक जनाले त गाउँ किन्न केही रकम बुझाएको प्राप्त विवरणमा जनाइएइको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर