• २०७९ मङ्सिर १६ शुक्रबार
  • Friday, 2 December, 2022

फिफा विश्वकपमा आज चार खेल हुँदै

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरू हुनेछन् ।

आज हुने खेलहरूमा पोर्चुगल, ब्राजिल, उरुग्वे जस्ता बलियो टोलीहरू प्रतिस्पर्धा गर्दैछन् । 

आज हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ ।  स्विजरल्याण्ड र क्यामरुनबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । गत सिजन रसियामा आफ्नो प्रभुत्व जमाउन सफल टोलीलाई आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजना छ ।


 तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एच’ मा रहेको पोर्चुगल र घानाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

समूह ’जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर