पहिलो एकदिवसीय अभ्यास खेलमा रोहित पौडेलको सानदार शतक

काठमाडौं । नेपालका कप्तान रोहित पोडेलले पहिलो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनविरुद्ध सानदार शतक हानेका छन् ।
रोहितको शतकमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ४६ ओभरमा ६ विकेट गुमाउँदै २ सय ४४ रन बनाएको छ । नेपालका कप्तान रोहित पौडेल १ सय ३५ बलमा १ सय १३ रनमा अविजित छन् । उनलाई दीपेन्द्रसिंह ऐरीले साथ दिएका छन् । नेपालको सुरुवात सम्झन लायक रहेन । शीर्षक्रमका प्रमुख तीन ब्याटर खाता खोल्न नसकी आउट भए ।
ओपनर अर्जुन साउद, ज्ञानेन्द्र मल्ल र आसिफ शेख शून्यमा आउट भएका थिए । खराब सुरुवात गरेको नेपाललाई रोहित र हरिशंकर शाहले केहि इनिङ उकासेका थिए । हरिशंकर २९ बलमा २५ रन बनाउँदै आउट भए । कुशल भुर्तेल ३९ बलमा २१ रन बनाउँदै आउट भए । त्यसपछि रोहित र दीपेन्द्रले इनिङ उकासेका थिए ।
नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण अघि भारतमा अभ्यास खेलेको हो । नेपालले शुक्रबार दिल्लीसँगनै दोस्रो अभ्यास खेल खेल्नेछ । आइतबार नामिबिया प्रस्थान गर्नेछ ।
यो अभ्यास खेल हुँदा नेपालको १४ जना भित्र रहेका जो सुकै खेलाडीलाई खेलाउन सक्छ । अन्तर्राष्ट्रिय खेलमा जस्तो प्लेइङ ११ नै खेल्ने भन्ने हुँदैन ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव ।
प्रतिकृया दिनुहोस