डडेल्धुरा १ (क) बाट माओवादी केन्द्रका खगराज भट्ट निर्वाचित 

धनगढी । डडेल्धुरा क्षेत्र नम्बर १ (क) बाट नेकपा माओवादी केन्द्रका उम्‍मेदवार खगराज भट्ट निर्वाचित भएका छन् । भट्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९१७ मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् ।


भट्टले १२ हजार ११२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका बोहराले ९ हजार १९५ मत मात्र ल्याए । उनी नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्य हुन् ।

२०६४ सालदेखि प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्दै आएका भट्ट यो पटक पनि प्रतिनिधिसभा सदस्यमा आकांक्षी थिए । तर गठबन्धनमा भागबण्डाका क्रममा मुख्यमन्त्री बनाउने शर्तमा उनी प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर