• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मोरङ- ५ मा बागी उम्मेदवार विजयी 

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् । एमालेबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । एमाले-जनता समाजवादी पार्टी (जसपा)का साझा उम्मेदवार बनेका जसपाका राजकुमार यादव भने तेस्रो भए ।

मण्डलले २१ हजार ८२० मत ल्याउँदा माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत ल्याए । एमाले जसपा गठबन्धनका उम्मेदवार यादवले भने १७ हजार ३९० मत मात्रै ल्याए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर