मिस अर्थको ग्राण्ड फिनालेमा सरिशा श्रेष्ठले प्रतिस्पर्धा गर्दै

काठमाडौं ।  विश्व प्रतिष्ठित सुन्दरी प्रतियोगिता मिस अर्थको ग्राण्ड फिनाले आज हुँदैछ ।

फिलिपिन्सको राजधानी मनिलामा बेलुका ६ बजे हुने पेजेन्टमा नेपालको तर्फबाट मिस नेपाल अर्थ सरिशा श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् ।

संसारका ८६ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । उपाधि जित्ने सुन्दरीलाई मिस अर्थ २०२१ डेस्टिनी वेंगरले ताज लगाइदिनेछिन् । यसपटक मिस अर्थमा नेपालको पनि बलियो उपस्थिती छ ।

फिलिपिनो मिडियाले मिस नेपाल अर्थ सरिशालाई अन्तिम २० भित्र समेटिएको प्रक्षेपण प्रस्तुत गरिरहेका छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर