अमेरिकाकी एक महिलाले हटाइन् आफ्नो दुबै स्तन

काठमाडौं । अमेरिकाको फ्लोरिडामा बस्ने एक २८ वर्षकी महिलालले आफ्नो दुबै स्तन हटाएकी छिन् । स्टेफिन जर्मिनो नाम गरेकी उक्त महिलाले आफ्नो इच्छा अनुसारले आफे दुई स्तन हटाएकी हुन् ।
१५ वर्षको उमेरदेखि नै उनलाई स्तन क्यान्सरको खतरा छ भन्ने थाहा पाएकी थिइन् । उनको हजुर आमालाई दुई पटक स्तन क्यान्सर भइसकेको थियो । त्यस्तै उनको आमालाई पनि ‘BRAC1’ पोजेटिभ थियो । यो एक किसिमको क्यान्सरको खतरा बढाउने म्युटेशन हो ।
विशेष गरी महिलामा जुन महिलाको जीनमा ‘BRAC1’ र ‘BRAC2 ’हुन्छ उक्त महिलालाई क्यान्सरको खतरा धेरै हुन्छ ।
स्टेफिन जर्मिनोलाई पनि ‘BRAC1’ पोजेटिभ थियो । त्यसै कारण उनले क्यान्सर हुने खतरा कम गर्नको लागि आफ्नो दुबै स्तन हटाएको बताएकी छिन् ।
उनले भनिन्– मलाई थाहा थियो मेरो परिवारमा स्तन क्यान्सरको खतरा धेरै थियो । मलाई १५ वर्षको उमेरमा आमाले ‘BRAC1’ पोजेटिभ भएको बताउनु भएको थियो । त्यसैले म मा स्तन क्यान्सर हुने सम्भावना ८७ प्रतिशत थियो ।
प्रतिकृया दिनुहोस