सुनको मूल्य दुई सयले बढ्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख सात सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख थियो । 

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ९० कायम रहेकोे महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय तीन दशमलव ६९ डलर आसपासमा कारोबार भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर