• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

उडिरहेको विमानभित्र महिलामाथि पिसाब फेरेपछि ..

काठमाडौं । एयर इन्डियाको फ्लाइटमा एक वृद्धले महिलामाथि पिसाब गरेको आरोप लागेका व्यक्तिलाई उनको रोजगारदाताले कारबाही गरेको छ। कम्पनीले उनलाई बर्खास्त गरेको जानकारी दिएको छ।

अमेरिकी वित्तीय सेवा कम्पनी ‘वेल्स फार्गो’ले शुक्रबार शंकर मिश्रालाई बर्खास्त गरेको बताएको छ। वेल्स फार्गोले विज्ञप्तिमा भने, ‘ती व्यक्तिलाई बर्खास्त गरिएको छ।’ कम्पनीले अनुसन्धान एजेन्सीसँग सहकार्य गरिरहेको जनाएको छ।

यसअघि वृद्धले घटनाप्रति माफी मागेका थिए र महिलालाई उजुरी नगर्न आग्रह गरेका थिए। 

एयर इन्डियामा गुनासो आएपछि दिल्ली प्रहरीले बुधबार यस मामिलामा एफआईआर पनि दर्ता गरेको थियो।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर